८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि, चेल्सीलाई १० ले स्तब्ध



एजेन्सी ।

लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो ।

यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा युरीले उत्कृष्ट गोल गरेका थिए ।

जुन गोल लेष्टरको जितमा प्रयाप्त रह्यो ।यस्तै खेलको ८९ औं मिनेटमा चेल्सीका बेल चिलवेलले गोल गरेका थिए ।
तर, भीएआर प्रविधिमा अफसाइड देखिदा उनको गोलले मान्यता पाएँन ।हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ६ : ११ बजे