३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

कोरोनाबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मृत्यु



झापा ।

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनको उपचारका क्रममा सोमबार निधन भएको हो। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको निधन भएको हो।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार खाम्याहाङको भेन्टिलेटरमा उपचार भइरहेको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यमा जटिलता देखिएपछि उनी वैशाख १७ गते अस्पताल भर्ना भएका थिए। त्यसअघि झण्डै एकहप्ता उनी होम आइसोलेसनमै बसेका थिए।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  ४ : ३० बजे