१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

प्रिमियर लिग च्याम्पियन सिटी ब्राइटनसँग पराजित भयो



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित सिटी ब्राइटनसँग ३(२ गोल अन्तरले पराजित भएको हो ।ब्राइटनको मैदानमा सुरुवाती दुई गोलको अग्रता बनाएपनि जोगाउन नसक्दा सिटी पराजित भएको हो ।खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

दशौँ मिनेटमा जोआ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २(० को बनाए ।तर, ५० औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २(१ को स्थितिमा ल्याए ।

खेलको ७२ औं मिनेटमा एडम वेब्स्टरले गोल गरेपछि खेल २(२ को बराबरीमा पुग्यो ।त्यसपछि खेलको ७६ औं मिनेटमा डानिल बुर्नले गोल गर्दै ब्राइटनलाई ३(२ को जित दिलाए ।जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेको छ ।ब्राइटन १५ औं स्थानमा रहेको छ ।
सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  ८ : ५१ बजे