१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा



एजेन्सी ।
प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक एक गोल गरे । जित सहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ । र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

लिगमा अब मात्र एक खेल हुन बाँकी छ । लिभरपुल ६६ अंक सहित चौथो स्थानमा छ । लेस्टर सिटीको समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो ।

योर्गेन क्लोप नेतृत्वका लिभरपुलले आईतबार क्रिस्टल प्यालेससंग लिगको अन्तिम खेल खेल्नेछ ।

लेस्टरले घरेलु मैदानमा टोटेनहमलाई आमन्त्रण गर्दा चेल्सीले एस्टन भिल्लालाई पाहुना टोलीको रुपमा बोलाउनेछ । लिभरपुलसंग पराजित बर्नलीले ३९ अंक सहित अर्को सिजन प्रिमियर लिगमै रहने पक्का गरेको छ ।

अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रोमलाई ३–१ ले हरायो । वेस्ट ह्यामले छैटौं स्थानमा रहदै यस सिजनको लिग अन्त्य गर्ने पक्का गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : ५४ बजे