१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

युभेन्ट्स कोपा ईटालियाको च्याम्पियन



एजेन्सी ।
युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो ।

उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्यो ।

खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।

खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो ।

प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो । ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो ।

सिरि एको तालिकामा पाँचौ स्थानमा रहेको युभेन्ट्सलाई पछिल्लो उपाधिले राहत दिएको छ । युभेन्ट्स यस सिजन लगातार नवौं पटक लिग उपाधि जित्ने सम्भावनाबाट बञ्चित भईसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : ५६ बजे