८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक



मायादेवी अनलाइन, चारनम्बर ।
बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेको अवस्था चिन्ताजनक रहेको छ । भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य अवस्था विहीबारसम्म खतरामुक्त रहेको बताइए पनि शनिबारसम्म आइपुग्दा स्वास्थ्य अवस्था गम्भीर भएको हो ।

उहाँको उपचारमा खटिएका डाक्टरहरुको भनाई उदृत गर्दै माओबादी केन्द्र कपिलवस्तुका सचिव विष्णु शाहले पाण्डेको अवस्था खतरायुक्त रहेको बताउनुभयो । यद्यपि हिजो भन्दा आज स्वास्थ्य अवस्थामा केही सुधार आएको डाक्टरले बताएको उहाँले बताउनुभयो ।

विशेष स्रोतका अनुसार पाण्डेको अक्सिजन लेवल निकै कम छ भने मुटुको चालले पनि त्यति काम गरेको छैन् । प्रेसर लो भएको कारण अप्रेसनमा समस्या भएको जनाइएको छ ।

पाण्डेको स्वास्थ्यस्थिति बुज्न माओबादी केन्द्रका नेता चक्रपाणी खनाल, नेता डोरप्रसाद उपाध्याय, जिल्ला सचिव शाह लगायत शनिबार अस्पताल जानुभएको थियो ।

नेता खनालले डाक्टरसंग पाण्डेको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । यहाँ उपचार सम्भव नभए काठमाडौं लैजानेबारेमा पनि नेता खनालले कुरा राख्नुभएको थियो । डाक्टरहरुले भोलिसम्म स्वास्थ्यमा सुधार नआए त्यो सोच्न सकिने बताएको जनाइएको छ ।

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं. ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।

गोली प्रहारमा संलग्न ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् । उनी को थिए प्रहरीले गोप्य राखेको छ ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

कपिलवस्तुका माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक

माओबादी नेता पाण्डेमाथि गोली प्रहारको आरोपमा ७ जना पक्राउ

माओबादी केन्द्र कपिलवस्तुद्धारा गोली प्रहार गर्ने माथि कडा कारबाहीको माग

माओबादी केन्द्र कपिलवस्तुका नेता पाण्डेमाथि गोली प्रहार

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ४ : ५१ बजे