१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आफ्नो अन्तिम खेलमा बार्सिलोना विजयी



एजेन्सी ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । उनले खेलमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा ग्रीजम्यानले निर्णायक गोल गरेका हुन् ।

यस जितसँगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोना यस सिजन तेस्रो स्थानमा रह्यो । बार्सिलोनाले ३८ खेलमा ७९ अंक जोड्यो ।

इबर भने पुछारमा रहदै रेलिगेसनमा परेको छ । इबरले यस सिजन ३० अंक जोड्यो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ०४ बजे