१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिजनमा २३ गोल गरेका केनलाई गोल्डेन बुट अवार्ड



एजेन्सी ।

टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् ।
इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे । यस्तै गोलका लागि १४ असिस्ट गरे ।केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । सलाहले २२ गोल गरे ।

आइतबार राति लेष्टर सिटीमाथि ४-२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् ।केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ६ : १७ बजे