१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

म्यानचेस्टर युनाईटेडको सिजनको सुखद् अन्त्य



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।उल्भ्सको मैदानमा १३ औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर, ३९ औं मिनेटमा नेल्सन सेमिडोले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीम फर्काए ।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा जुवान माटाले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले सिजनको सुखद अन्त्य गरेको छ । यस सिजन दोस्रो स्थानमा रहदै युनाईटेड च्याम्पियन्स लिगमा समेत छनोट भएको छ ।यस सिजन युनाईटेडले ३८ खेलमा ७४ अंक जोड्यो ।उल्भ्स भने ४५ अंक जोडेर १३ औं स्थानमा रह्यो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ६ : २१ बजे