१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेबाट निश्काषित हुनुभएको केपी ओली हो : बेदुराम भुषाल (भिडिओसहित)



काठमाडौं ।
नेकपा (एमाले) का नेता वेदुराम भुषालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीबाट आफै निश्काषित भएको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा विहीबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ओलीले कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त र दर्श सबै छोडेको पनि आरोप लगाउनुभयो । ओली अहिले रामलक्ष्मण पथमा हिँडेको पनि उहाँको टिप्पणी छ । उहाँले पार्टी भनेको संस्था भएकोले व्यक्तिले गर्ने निर्णयको कुनै अर्थ नहुने र व्यक्ति गौण हुने तर्क गर्नुभयो ।

थप सुन्न तलको लिंकमा जानुहोस्

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : ३८ बजे