१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ब्यापारीहरुलाई निशुल्क खोप लगाउने कपिलवस्तु उद्योग बाणिज्य सघंको तयारी



मायादेवी अनलाइन, चारनम्बर ।

कोरोना बिरुद्धको खोपको ब्यवस्था गर्न कपिलवस्तु उद्योग बाणिज्य संघले माग गरेको छ। महामारीले ब्यापारीहरु मारमा परेको भन्दै कपिलवस्तु उद्योग बाणिज्य संघले भ्याक्सीनको माग गरेको हो ।

भ्याक्सीनका लागि लाग्ने लागत आफै ब्यवस्थापन गर्ने बताउदै सघंका अध्यक्ष डोलकराम घिमिरेले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानिय बाणगंगा नगरपालिकासगं भ्याक्सीनको माग गरेका हुन ।आफनो कार्य क्षेत्रभित्र रहेका सबै ब्यापारीहरुलाई भ्याक्सीन लगाउने योजना सघंको रहेको र अहिलेलाई भ्याक्सीनको माग गरिइएको महासचिव मनोज पौडेलले बताए ।

सघंले १० हजार भ्याक्सीनको डोजको माग गरेको घिमिरे र पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । पहिलो चरणमा भ्याक्सीन ब्यवसायीसहित उनको परिवारलाई लगाइने योजना छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : १४ बजे