१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जेसिज र लायन्सले बाणगंगामा ४० युनिट रगत संकलन गरे



मायादेवी अनलाइन, चारनम्बर ।

लायन्स क्लव अफ बाणगंगा र कपिलवस्तु जेसिजले गरेको आकस्मिक रक्तदानबाट ४० प्वाइन्ट रगत संकलन भएको छ । कपिलवस्तु अस्पताल सहित जिल्लाका बिभिन्न अस्पतालमा रगत अभाव भएको थाहा पाएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना भएको थियो ।

रक्त सञ्चार केन्द्र तौलिहवाको प्राविधिक सहयोगमा भएको रक्तदानमा रोटर्याक्ट क्लव अफ कपिलवस्त मिडटाउन लगायत बिभिन्न संस्थामा आवद्ध भएका र सामाजिक ब्यक्तिले सहभागिता जनाएका जेसिज अधयक्ष भीमकान्त भट्टराइजले जानकारी दिनुभयो ।

जेसिजको भवन बाणगंगा १ बैरीयामा भएको रक्तदानमा युवाको आकर्षण बढी भएको लायन्स क्लवका बाणगंगा अध्यक्ष रमेशचन्द्र भुसालले धन्यबाद दिनुभयो । १ हप्ता अगाडी पनि बिभ्नन संथाले जेसिज भवनमै रक्तदान गरेर ६० युनिट रगतसंकलन गरेका थिए । संकलित रगत कोरोना संक्रमित विरामीको लागि प्रयोग गर्न पनि संस्थाले जोड दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : २९ बजे