१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

गणतन्त्र दिवसः मौलाना मसहूद र अल्कुफीद्वारा शुभकामना व्यक्त



कृष्णनगर ।

शनिबार नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो ।

शनिबार पर्न गएको गणतन्त्र दिवसको अवसरमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैक जैस मक्की, मदरसा, बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगरपालिका नगर अध्यक्ष जावेद आलम खां ले १४ औं गणतन्त्र दिवसको असवरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुखः शान्ति संमृद्धि र सुशासनको शुभकामना व्यक्त गरेका छन् ।

साथै मौलाना मसहूद खां नेपाली ले १४औं गणतन्त्र दिवसको परिवेश यस वर्ष केही विशेष अनि धेरै आशालाग्दो हुने विस्वास व्यक्त गरे।

एकता अनि देशप्रेमको भावलाई स्खलित हुन नदिई सगरमाथाको देशले चाल्ने पाईलाहरु कठिन भएपनि नेपालीजनको देश प्रेम अनि बिकासको चाहनासंगै समग्र रुपमा नयाँ नेपालको सपना साकार हुने विस्वास व्यक्त गर्दै विपन्न, अल्पसंख्यक लगायत अन्यले गणतन्त्र पूर्ण रुपमा अनुभुति नपाएको गुनासो पोखेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५१ बजे