१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लगातार बर्षाका कारण पहिरो जाँदा अर्घाखाँचीका कच्ची सडकखण्ड अवरुद्ध



बिष्णु कुमार आले, अर्घाखाँची ।

लगातार बर्षाका कारण पहिरो जाँदा अर्घाखाँची ठाडा अमराई जुकेना कच्चि सडकखण्ड अवरुद्ध भएको छ । अहिले सडकखण्डको जाडी खोलामा माथीबाट खसेको पहिरो हटाउने काम भैरहेको छ । सडकमाथी बाट ठूलो पहिरो खसेकाले जेसिबीद्दारा पहिरो हटाउने काम भैरहेता पनि अझै केही घण्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुदा ढुवानी तथा एम्बुलेन्सका गाडीहरू चल्न सकेका छैनन् । यात्रुहरू घण्टौ समय पैतल हिडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८ आइतबार ००:००  ३ : २२ बजे