६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुमा एकैदिन ११४ संक्रमितले कोरोना जिते, २६ जनामा संक्रमण



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा (सोमबार) आज ११४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार ११४ जना डिस्चार्ज भएका हुन् ।

यस्तै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९१० पुगेको छ । यस्थै सोमबार थप १ संक्रमितका मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका ११ का ६८ बर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७८ पुगेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ३० बजे