१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अर्घाखाँचीको शितगंगामा ट्याक्टर दुर्घटनाः ४ मजदुर घाइते



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा १२ तारिकेमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।

दुर्घटनामा परि शितगंगा १४ बिक्रम बस्ने २५ बर्षीय सुरज पल्ली, सोही ठाउँका २० बर्षीय सन्दिप पुन, १९ बर्षीय नवराज झेडीमगर र २६ बर्षीय ललीत थापा घाईते भएका छन् । घाईते चारै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारको लागि तार लिएर जादै गरेको लु ४ त ५४१२ नम्वरको ट्याक्टरको एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक सन्दिप वेल्वासेले बताए । ट्याक्टरमा ७ जना सवार रहेका थिए

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ४८ बजे