७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अरुणा अर्याल स्नातक तह स्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्याल स्नातक तह स्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी छन् ।

राष्ट्रिय महिला अधिकार दिवस –२०७८ को अवसरमा आयोजित प्रतियोगितामा अर्याल कपिलवस्तु र अर्घाखाचीका प्रतियोगीलाई जितेर प्रथम स्थानमा आउन सफल भएकी हुन् ।

सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश कपिलवस्तुले उक्त प्रतियोगिता आयोजना गरेको थियो । अर्यालले प्रथम स्थान हासिल गरेसंगै रु ५ हजारसहित प्रमाण पत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा कपिलवस्तु र अर्घाखाँचीका सवै आङ्गिक तथा सामुदायिक क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।

निबन्धको शिर्षक “महिलाहरुको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार“ भन्ने थियो । यसमा १ हजार ५०० शब्द नबढ्ने गरी लेख्न लगाइएको थियो । निबन्ध प्रतियोगीतामा प्रथम भएकी अर्याललाई क्याम्पसले बधाई तथा शुभकामना दिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ७ : १८ बजे