७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट ड्र



एजेन्सी ।

घरेलु टिम इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको पहिलो टेस्ट ड्र भएको छ । लर्ड्समा आइतबार टेस्टको अन्तिम दिन दोस्रो इनिङ्समा इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ७० रन जोडेपछि खेल ड्र भएको हो ।न्युजिल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्यसहित दोस्रो इनिङको ब्याटिङ गरेको इंग्ल्यान्डले खेल ड्र गर्न सफल भएको हो ।

इंग्ल्यानको लागि डम सिब्लीले अविजित ६० रन बनाए । कप्तान जोय रुटले ४० रन जोड्दा ओली पोपले २० रन जोडे ।न्युजिल्याण्डका निल वाग्नेरले २ विकेट लिए ।यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ७५ रन जोड्दा अलआउट भएको थियो ।

इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा रोरी बर्न्सले १ सय ३२ रनको शतकीय इनिङ्स खेले । इंग्ल्यान्डलाई सस्तैमा समेट्न न्युजिल्याण्डका टिम साउथीले ६ विकेट लिए

यस अघि पहिलो इनिङ्समा न्युजिल्याण्डले ३ सय ७८ रन बनाएको थियो ।न्युजिल्याण्डका लागि डेब्यु खेलाडी डेभोन कोनवेले २०० रनको दोहोरो शतकीय इनिङ्स खेले । यस्तै हेनरी निकोल्सले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै टम लाथम २३, रोस टेलर १४ र कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।

इंग्ल्यान्डका ओली रोबिनसनले ४ तथा मार्क उडले ३ तथा जेम्स एण्डरसनले २ विकेट लिए ।दोस्रो इनिङ्समा न्युजिल्याण्डले १ सय ६९ रन बनाएको थियो । इंग्ल्यान्ड भ्रमणमा रहेको न्युजिल्याण्डले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबार सुरु हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ६ : २४ बजे