१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घरेलु टोली ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का



काठमाडौं ।
ब्राजिलले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ । घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने पक्का भएको हो ।

खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा थियो ।

ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।

आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ६ : ३६ बजे