१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेदरल्यान्ड्सका स्टार खेलाडी भान डी विकले युरोकप गुमाउने



बीबीसी ।
मिडफिल्डर डोनी भान डी विकले युरोकप फुटबल गुमाउने भएका छन् । नेदरल्यान्ड्सका स्टार खेलाडी विकेले युरोकप गुमाउने डच फुटबल संघले जनाएको छ ।

उनले चोटको कारण युरोकप गुमाउने भएका हुन् । विकको स्थानमा नेदरल्यान्ड्सले कुनै खेलाडी नबोलाउने बताइएको छ ।

“डोनी भान डी विकले युरोपियन च्याम्पियनसिप गुमाउने छन् । उनी अहिले चोटसँग संघर्ष गरि रहेका छन्,” डच फुटबल संघले भनेको छ ।

२४ वर्षीय मिडफिल्डरले नेदरल्यान्ड्सका लागि १९ खेल खेलिसकेका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ६ : ३८ बजे