८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्जेन्टिनालाई कोलम्बियाले बराबरीमा रोक्यो



एजेन्सी ।
फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।कोलम्बियाविरुद्ध सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले अंक बाडेको हो ।खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।खेलको आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

तर, खेलेको ५१ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा फर्काए ।यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोडेको छ ।अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ ।

कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।अर्को खेलमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ ।त्यस्तै पेरुले इक्वेडरलाई २(१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ८ : ०६ बजे