१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाराग्वेमाथि ब्राजिलको सनसनीपूर्ण जित



एजेन्सी ।

फिफा विश्वको छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ ।दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो । ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ८ : २६ बजे