२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

हिन्दू स्वयंसेवक संघ कपिलवस्तुले बाँड्यो महाराजगंजमा राहत



मायादेवी अनलाइन, चारनम्बर ।

हिन्दू स्वयंसेवक संघ नेपाल कपिलवस्तु तथा सेवा इन्टरनेशनलले कोरोना संकटमा परेकाहरुलाई राहत वितरण गरेको छ ।

संघले महाराजगन्ज नगरपालिकाको वडा नं १ मा एक सय विपन्न घर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।

हरदौना गाउँको बगहिया दुर्गा मन्दिर प्राङ्गणमा बिहीबार बिहान सम्पर्क विभाग प्रमुख डाक्टर विनय पाण्डे, जिल्ला संघ चालक वासुदेव चौधरी, जिल्ला कार्यवाहक प्रमुख दिलिप चौधरी, भानु चौधरी लगायतको सहभागितामा सहयोग वितरण भएको डाक्टर विनय पाण्डेले जानकारी दिनुभयो ।

संघका वासुदेव चौधरीको अध्यक्षतामा चामल १० केजी, दाल १ केजी, आयोडिन नुन १ प्याकेट, सोयाबिन एक प्याकेट र हात धुने साबुन एक प्याकेट सामग्री वितरण गरिएको प्रमुख पाण्डेले जानकारी दिदै भन्नु भयो । उहाँले यस्ता सहयोग कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने बताउनु भयो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ५२ बजे