११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

युरोपियन फुटबलको महाकुम्भ युरोकप फुटबल आजदेखि, यस्तो छ खेल तालिका



एजेन्सी ।

फिफा विश्वकप फुटबलपछिको सबैभन्दा चर्चित प्रतियोगिता युरोपियन च्याम्पियनसिप अर्थात् युरोकप २०२० आज (शुक्रबार) राति देखि सुरु हुँदै छ ।

कोरोना भाइरस संक्रमणका कारण यो खेल एक वर्षपछि खेलाउन थालिएको हो । युरोकपको १६औँ संस्करण एक महिनासम्म चल्ने छ । युरोपका २४ देश ११ जून अर्थात् २८ जेठदेखि ११ जुलाई अर्थात् २७ असारसम्म युरो २०२० को उपाधिका लागि भिड्नेछन् । युरोकपको ६० वर्षको अवसर पारेर यस पटक युरोपका विभिन्न ११ देशमा खेल आयोजना हुँदै छ ।

यस पटक युरोकपका खेल इटालीको रोमबाट सुरु भएर बेलायतको लण्डनमा समापन गरिने तालिका सार्वजनिक भएको छ । उद्घाटन खेल नेपाली समयअनुसार शुक्रबार राति १२स्४५ बजे टर्की र इटालीबीच रोममा हुनेछ भने सेमिफाइनल र फाइनल खेल लण्डनमा हुनेछ ।

समूह चरणदेखि क्वार्टरफाइनलसम्मका खेलहरू यी दुवै शहरसहित नेदरल्याण्ड्सको आमस्टर्डम, अजरबैजानको बाकु, स्पेनको सेभिया, रोमानियाको बुकारेस्ट, हंगेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, स्कटल्याण्डको ग्लास्गो, जर्मनीको म्युनिख र रसियाको सेन्ट पिटर्सवर्गमा खेलाइने छ ।

यस पटक युरोकपमा समूह चरणमा ३६ र नकआउटमा १५ गरी कुल ५१ खेल हुनेछन् । युरोकपमा सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह विजेता र समूह उपविजेतासँगै तेस्रो हुनेमध्येको उत्कृष्ट चार टोलीले प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ुएुमा टकी, इटाली, वेल्स र स्वीट्जरल्यान्ड रहेका छन् भने समूह ुबीुमा डेनमार्क, पिनल्यान्ड, बेल्जियम , रसिया रहेका छन् । त्यसैगरी, समूह ुसीुमा नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ मेसेडोनिया रहेका छन् भने समूह ुडीुमा इङ्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक रिपब्लिक रहेका छन् । समूह ुईु स्पेन, स्वीडेन, पोल्यान्ड, स्लोभाकिया रहँदा समूह ुएफु हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी रहेक छन् ।

समूह चरणका सबै खेलहरू सेन्टिल युरोपयन टाइम ९सीईटी०अनुसार सुरु हुनेछ । नेपालमा ३ घण्टा ४५ मिनेटअघि खेल सुरु हुनेछ । नेपाली समयअनुसार ६स्४५, ९स्४५ र १२स्४५ बजे खेल सुरु हुनेछन् । २३ जुन अर्थान् ९ असारसम्म समूह चरणका खेल हुनेछन् । त्यसपछि दुई दिनको रेस्ट डेपछि २६ जून अर्थात् १२ असारबाट प्रि–क्वार्टर फाइनलका खेल सञ्चालन हुने युरोकप २०२० को तालिका छ । प्रिक्वार्टर फाइनलका खेलहरू ३ जुलाई अर्थात् १९ असारसम्म चल्नेछन् ।

त्यसपछि दुई दिनको रेस्ट डेपछि सेमिफाइनलका खेलहरू ६ जुलाई अर्थात् २२ असार र ७ जुलाई २३ असारमा सेमिफाइनलका खेल हुनेछन् । त्यसपछि तीन दिनको रेस्ट डेपछि ११ जुलाइ अर्थात् २७ असारमा लन्डनमा राति १२स्४५ बजे फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : १८ बजे