१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

युरोकपको पहिलो खेलमा आज इटाली र टर्की भिड्दै



एजेन्सी ।

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाटरातिबाट सुरु हुँदैछ ।इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ ।

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ः ४५ बजे सुरु हुनेछ ।ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : २१ बजे