१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अष्ट्रेलियासँग नेपाल ३–० गोलले पराजित, रोहितले पाएका थिए रातो कार्ड



काठमाडौं ।
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।

पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले रातो कार्ड पाएका थिए ।

योसँगै विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले अन्तिम खेलमा पराजयको नतिजा निकाल्दै आफ्नो यात्रा समाप्त गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ५ : ३९ बजे