१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

युरो कपको सुरुवाती खेलमा इटालीको शानदार जित



काठमाडौं ।
युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो। इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए ।

६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे । ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको थियो । जितसँगै इटालीले समूह ‘ए’ मा तीन अंक जोडेको छ।

युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह ‘ए’ को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह ‘बी’ को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ। यस्तै राति १२ः४५ बजे समूह ‘बी’ को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५२ बजे