१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युरोकपमा आज ३ खेल



एजेन्सी ।

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ ।युरोकपमा आज समूह एको एक खेल र समूह बी दुई खेल हुनेछ ।आज हुने पहिलो खेलमा समूह ए मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६-४५ बजे सुरु हुनेछ ।

वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।यस समूहमा इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको हो ।यस्तै समूह ुबीु को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ ।

डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ ।समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ८ : ०६ बजे