१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

दोहोरी च्याम्पियनबाट बाहिरिएकी ताराको ‘टोपि सिरैको ’



मायादेवी अनलाईन, चारनम्वर

बागलुङ जिल्ला बडिगाड गाउँपालिका ६ मा राम बहादुर थापा र मान कुमारी थापाको कोखबाट जन्म लिएकी तारा थापा पछिल्लो समय निकै चर्चामा रहेकी छन् ।
नेपाल टेलिभिजनबाट प्रसारित नेपालकै पहिलो रियालिटी शो दोहोरी च्याम्पियनको डिजिटल अडिशन हुदै २४ टोलिमा छनोटमा परिन् । दोहोरी च्याम्पियन बन्ने ठुलो आशा बोकेर हिडेकी थापा गोला पर्थाबाट प्रकास पराजुलीको टिम संग दोहोरीमा पर्न पुगिन । आफु भन्दा बलियो प्रतिस्प्रधी संग परेकोले तारामा अगाडी बड्ने झिनो आसा मात्र बाकी थियो नभन्दै त्यो झिनो आसा पनि निरासामा बदलियो । उनको अगाडीको यात्रामा पुर्णविराम लाग्यो ।


जव उनि दोहोरी च्याम्पियनबाट बाहिरिइन उनको एका एक चर्चा हुन थाल्यो । राम्रो गाउँदा गाउँदै पनि बाहिरिदा कतिपयले जर्जलाई त कतिपयले सहयोगी जोडिलाइ दोष दिन थाले । थापा दिन प्रतिदिन चर्चामा आउन थालिन् । उनको यो चर्चाले गर्दा पनि फेरी दोहोरी च्याम्पियनमा तारा थापाको टिमलाई ल्याउन पर्छ भन्ने दर्शक श्रोताको माग उठ्ने गरेको छ । बाहिरिएका चार प्रतियोगिहरुलाई निर्णायकले वाइल कार्ड मार्फत ल्याउन पाउने छन् ।


च्याम्पियनबाट बाहिरिएपछि थापाको चर्चा संगै यलवम निकाल्ने अवसरहरु पनि आइरहेका छन् । भर्खरैमात्र सार्वनिक भएको थापाको पहिलो लोक दोहोरी गीत टोपि सिरैको छोटो समयमा निकै चर्चामा रहेको छ ।
प्रेम साप्कोटा सोनुको लय, शव्द रहेको उक्त गीतमा तारा थापा र प्रेम साप्कोटा सोनुको आवाज रहेका छ ।


गीत हेर्न तल लिङ्क खोल्नुहोला

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  १२ : ४३ बजे