१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रिय फुटबल टिम आज स्वदेश आउँदै



काठमाडौं ।

फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश आईपुग्ने भएका छन् ।

छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आइतबार स्वदेश आईपुग्ने भएका हुन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् ।

छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।

छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।
नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यस अघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ६ : ०४ बजे