१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

युरोकप फुटबलमा डेनमार्कका खेलाडी मैदानमै बेहोस, फिनल्याण्डको जित



एजेन्सी ।

फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो ।फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे ।

जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो ।
जितसँगै समूह बी को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परेको छ ।

डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ । उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ ।एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुन सुरु भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ६ : १३ बजे