१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023

आज बलात्कारीलाई सजाय खोई सरकार ?



कविता

आहा कर्मचारीको तलव बढेछ सरकार
यहाँ व्यापारीहरुले मूल्य थपेछ सरकार ।।

बाजेबजैको वृद्ध भत्ता नि बढेछ सरकार
बुबाआमाको भोट नि हजुरलाई सरकार ।।

हाम्रो कालापानी लिपुलेक सुस्ता खोई सरकार
आमालाई टुक्रा टुक्रा पारि दियौ हई सरकार ।।

यहाँ ज्यामीको त मूल्य स्थिर नै हई सरकार
हरियो सागमा कर छुट नि खोई सरकार ।।

नागरिकता विधेयक आयो हई सरकार
गरिव जनतालाई रासन खोई सरकार ।।

आहा चुनाव आयो, छिमेकी रमायो सरकार
आधा घण्टामा नागरिकता समायो सरकार ।।

आज बलात्कारीलाई सजाय खोई सरकार
अपराधीलाई कानून छैन हई सरकार ।।

आमाका चौध अशमा भाला रोपिँदै सरकार
बयानब्बे स्थान छिमेकीलाई हई सरकार ।।

विनिता आचार्यः राप्ती गाउँपालिका ३ , मसुरिया, दाङ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ५ : ४४ बजे