८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ब्राजिलको सानदार सुरुवात, चम्किए नेयमार



एजेन्सी ।

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन ।

खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे ।

ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् ।त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह ुबीु मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।भेनेजुएला समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ६ : १० बजे