१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

युरोकपमा आज तीन खेल, पावरहाउस स्पेनसंग स्विडेन भीँड्दै



एजेन्सी ।

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार)तीन खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह ‘डी’ को एक खेल र समूहई को दुई खेलहरु हुनेछ । सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ । समूह डीको स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६ः४५ बजे बजे सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन । चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ई मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९ः ४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।समूह ईमा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ । घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ ।स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ । स्पेन यस पटक पनि आफ्नो गर्विलो इतिहास कायम राख्न चाहन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ६ : २३ बजे