११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

जारी युरो खेल्ने इंग्ल्यान्डका कान्छा खेलाडी, जो १७ बर्षमा छन्



एजेन्सी ।

इंग्ल्यान्डका युवा खेलाडी जुड बेलिङघम युरोकप फुटबल खेल्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।युरोकप अन्तर्गत आइतबार राति क्रोएसियाविरुद्धको खेलमा मैदान उत्रदै बेलिङघमले सर्वाधिक कम उमेरका खेलाडीको कीर्तिमान बनाएका हुन् ।क्रोएसियाविरुद्ध मैदान उत्रदा उनी १७ वर्ष ३ सय ४९ दिनका थिए ।

बेलिङघमले नेदरल्यान्ड्सका जेट्रो विलियम्सको कीर्तिमान भङ्ग गरेका हुन् । सन् २०१२ को युरोमा १८ वर्षको उमेरमा युरोकप खेल्दै उनले कीर्तिमान बनाएका थिए ।जर्मन क्लब बोरुसिया डर्टमण्डका बेलिङघम युरो खेल्ने इंग्ल्यान्डका सर्वाधिक कम उमेरका खेलाडी समेत बनेका छन् । उनले माइकल ओवेनको कीर्तिमान तोडेका हुन् ।

मिडफिल्डर बेलिङघम खेलको ८२ औं मिनेटमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका थिए ।क्रोएसियाविरुद्धको खेल इंग्ल्यान्डले १(० ले जितेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ६ : २७ बजे