१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्पेनलाई स्विडेनले बराबरीमा रोक्यो, स्लोभाकियासंग पोल्याण्ड स्तब्ध



एजेन्सी ।

स्पेनले १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ ।सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै समूह ई को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ ।स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अंक विहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ६ : २३ बजे