१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

युरो कपमा टर्कीको लगातार दोस्रो हार, वेल्सको शानदार जित



काठमाडौँ ।
युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा खेलमा टर्कीलाई २-० गोलले हराउँदै वेल्सले पहिलो जितसमेत हासिल गरेको छ ।

बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए । जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा पुगेको छ ।

टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ६ : ३० बजे