८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ब्राजिलसंग पेरुको लज्जास्पद हार, चार खेलाडीले गरे आकर्षक गोलहरु



एजेन्सी ।

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन र रिचार्लीसनले एक एक गोल गरे ।खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरे ।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार ९ गोलले पछि रहेका छन् ।खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो ।त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

यस जितसँगै समूह बीु मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ ।ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ७ : ४७ बजे