१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी



काठमाडौं ।

नेपाल क्रिकेट संघ ९क्यान० ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको हो । क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेलेका थिएनन् । तर, बलर बसन्त रेग्मी, रोहित पौडेल टिममा परेका छैन । नेपालले खेल्ने यस त्रिकोणात्मक सिरिज जुलाईमा स्पेनमा हुनेछ ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक देभ वाटमोर नेपाल आईसकेका छन् । नेपालले सोमबारबाट तयारी थाल्ने क्यानले जनाएको छ ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,पृथु बास्कोटा

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ६ : १५ बजे