१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्विडेन समूह ’ई’ को शीर्ष स्थानमा, स्लोभाकियालाई हरायो



एजेन्सी ।
युरो कप अन्तर्गत शुक्रबार साँझपख भएको पहिलो खेलमा स्विडेनले स्लोभाकियालाई हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्विडेनले स्लोभाकियालाई एक–शून्यले हराएको हो ।

पहिलो हाफ बराबरीमा सकिए पनि खेलको ७७ औँ मिनेटमा स्विडेनका इमिल फोर्सबर्गले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै स्विडेन समूह ’ई’ को शीर्ष स्थानमा उक्लिएको छ । स्विडेनले दुई खेलमा एक खेल जित्दै र एक खेल बराबरी खेल्दै चार अङ्क बटुलेको छ । स्लोभाकिया भने दुई खेलमा तीन अङ्ककाका साथ दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ६ : ३० बजे