१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

समूह ‘डी’ को शिर्ष स्थानमा चेक रिपब्लिक, क्रोएसियालाई बराबरीमा रोक्यो



काठमाडौं ।
युरो कप फुटबलको हिजोको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवैले एकरएक गोल गरेर बराबरी खेलेका हुन् । खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गरेर बराबरी बनाए । बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । दुई खेलमा चार अङ्क जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ६ : ३५ बजे