८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युरो कपमा आज दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै



काठमाण्डौ

युरो कप फुटबलमा आज समूह ुएु का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ ।

आज विजयी भएमा इटली समूह विजेता बन्नेछ । वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ ।

आजै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्कसहित तेस्रो स्थानमा छ भने टर्की अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  २ : १२ बजे