७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्विजरल्यान्डको पहिलो जित, टर्की समूह चरणबाट बाहिरियो



एजेन्सी ।
युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले गोल गरेर स्विजरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह ‘ए’ मा रहेको स्विजरल्यान्डले ३ खेलमा ४ अङ्क जोडेको छ । वेल्ससँग गोल अन्तरमा पछि पर्दा उ दोस्रो स्थानमा रहन भने सकेन । टर्की भने अङ्कविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ६ : ५३ बजे