१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

रोनाल्डोद्धारा अर्को दुर्लभ रेकर्ड, जर्मनीका लिजेण्ड क्लोजको कीर्तिमान भङ्ग



एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन् ।

रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन् ।

फ्रान्सविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे ।

यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

क्ष्mबनभ

जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

३६ वर्षीय रोनाल्डोले युरोकपमा १३ र विश्वकपमा ७ गोल गरेका छन् ।

रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।

रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

३६ वर्षीय रोनाल्डोको नाममा पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रहेको छ ।

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को

यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत हुन् ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  २ : ४४ बजे