२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

श्रीमतीको कुटपिटबाट श्रीमानको ज्यान गयो



बर्दिया ।
बर्दियामा श्रीमतीको कुटपिटबाट श्रीमानको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ का लक्षीराम थारूलाई उनकै श्रीमतीले कुटपिट गरेकी थिइन् ।

श्रीमानले रक्सी खानका लागि १ सय रुपैयाँ मागेको विषयमा ३८ वर्षीया सीता थारू र उनका छोरा १८ वर्षीय आकाशसँग झगडा भएको थियो। श्रीमती छोराको कुटपिटबाट लक्षीराम घाइते भएका थिए । उपचारका क्रममा लक्षिरामको ज्यान गएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

कुटपिटबाट ज्यान गएको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक राजन कुमार गौतमको कमाण्डमा खटिएको टोलीले श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ६ : ०८ बजे