२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

महत गाउँको नेतृत्वका लागि नयाँ मुखिया चयन



रुकुम पूर्व ।
भूमे गाउँपालिका ६ महत गाउँमा नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगरलाई चयन गरिएको छ । गाउँको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षसँगै महतमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदरी समिति मुखिया चयन गर्ने प्रचलन छ । जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो ।

कालाङ्गा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले जानकारी दिए। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरसहित १५ जनाको पुरानो टिमलाई स–समानसहित बिदाइ गरी नयाँ टिमलाई स्वागत गरिएको बुढाले बताए ।

पशुपालनका लागि वनको रेखदेख, संरक्षण तथा समानुपातिक वितरण जानकारीका साथै गाउँलेको नेतृत्वका लागि गाउँ खरदरी समिति तथा गाउँले मुखिया चयन गर्ने परम्परा छ ।

हरेक वर्ष चयन हुने गाउँ खरदरी समितिले नै चौपायलाई थुनुवा वनमा राखे बापत बैठकको निर्णयअनुसार बनाउलो (कर)को रेटदर निर्धारण गरी उठाइएको कोषमा जम्मा गर्छ । उक्त रकमबाट पूजापाठसँगै विकास निर्माणका कार्य लगानी गर्ने गरिएको बुढाले बताए ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ६ : ११ बजे