२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा पक्राउ परेका ११ जना विद्यार्थी नेता रिहा



रुकुम पश्चिम ।

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई प्रहरीले रिहा गरेको छ । विपक्षी गठबन्धन निकट संयुक्त विद्यार्थी सङ्गठनले हिजो बेलुका रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ११ जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको थियो ।

विद्यार्थीहरुले तीन घण्टासम्म प्रहरीले आफूलाई नियन्त्रणमा राखेको बताएका छन् । पक्राउ परेकाहरुमध्ये अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला अध्यक्ष सुशिल विष्ट, जिल्ला सचिव नारायण केसी, विद्यार्थी नेता विशाल विष्ट र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाइते भएका थिए । घाइतेहरुसँगै अनेरास्ववियुकी केन्द्रीय सदस्य भावना शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरासहित ११ जनालाई प्रहरीले रिहा गरेको हो।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ९ : ४२ बजे