२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नगरले दुग्ध उत्पादनमा आधारित अनुदान दिएपछि ‘हौसिए’ बुद्धभुमीका किसान



मायादेवी अनलाइन, चारनम्बर ।

बुद्धभुमी नगरपालिकाले गाई भैंसीपालक किसानहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान बितरण गरेको छ । शुक्रबार सानलाइ कार्यकक्षमै बोलाएर नगर प्रमुख केशव कुमार श्रेष्ठले ६ जनालाई एक लाख चौबिस हजार चार सय बाउन्न रुपैयाको चेक रकम हस्तान्तरण गर्नु भएको हो ।

नगरपालिकाले सुचना प्रकाशित गरि प्रस्तावना माग गरेअनुसार प्रती लिटर २ रुपैयाका दरले दूध डेरीले दिएको रिपोर्टका आधारमा रकम बितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । नगरलाई दुधमा आत्मनिर्भर बनाउने र किसानलाई कृषि कर्ममा थप हौसला दिनको लागि अनुदान दिइएको श्रेष्ठले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाले आ.व.०७७÷०७८का लागि चार लाख बिनियोजन गरी सोही अनुसार वितरण गरिएको बताउनु भयो । नगरले जिल्लामै यो पहिलो सुरुवात भएको समेत पौडेलले बताउनु भयो । विभिन्न उत्पादनलाई बढोत्तरी गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको भन्दै यसले आगामी दिनमा पनि निरन्तरता पाउने पौडेलले जानकारी दिनुभयो ।

पुरस्कृत राम प्रसाद भुसालले नगरपालिकाले किसालको हौसला बढाउन गरेको यो प्रयास निकै सहयोग महत्वपूर्ण रहेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उप प्रमुख मिरा थारु, नगर प्रवत्ता पवन थारु, कार्यपालिका सदस्य खिमकला पान्डे, फागु धोबीको सहभागिता थियो । कार्यक्रमको संचालन कार्यकमको संचालन भने प्रशासकिय अधिकृत राजन पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८ शुक्रबार ००:००  ७ : ४१ बजे