१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

अर्जेन्टिनाका मार्टिनेज कोपाको उत्कृष्ट गोलकिपर



काठमाडौं । अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे ।

उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।

चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।गत महिना मात्र अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका उनले यस प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ७ मध्ये ६ खेल खेलेका थिए ।

प्रकाशित मिति : २७ असार २०७८ आइतबार ००:००  ९ : ३१ बजे