गुल्मीको धुर्कोट गाउँपालिका खरको छानामुक्त


गुल्मी ।
गुल्मीको धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरिएको छ । खरको छानामुक्त घोषणा भएसँगै धुर्कोट गाउँपालिका जिल्लाका १२ स्थानीय तहमध्ये पहिलो पालिका बनेको छ ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले मंगलबार धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरेका हुन् । अहिले खरका छानामुक्त अभियान गुल्मीसहित देशभर सञ्चालन भएको छ । खरका छानामुक्त अभियानको पहिलो निर्णय र अभियान पूरा गर्ने देशभरका स्थानीय तहमा धुर्कोट पहिलो भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले दाबी गरे ।

हालसम्म ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले छाइएको धुर्कोट अध्यक्ष पोखरेलले बताए । यसका लागि १ करोड ८१ लाख ९२ हजार २८७ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

नागरिक सुरक्षित आवास कार्यक्रम मार्फत थप १५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको पनि गाउँपालिकाले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस